सन्तोष परियार रास्वपा छोड्दै नयाँ राजनीतिक अभियानमा सहभागी

रातोघर

 २०८२ कार्तिक २८, शुक्रबार  मा प्रकाशित
२९९ पाठक संख्या


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व प्रमुख सचेतक सन्तोष परियारले पार्टी छोड्ने घोषणा गरेका छन्। परियार अब माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुने जनाइएको छ।

यसअघि पनि रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्। राजनीतिक विश्लेषकहरूले पार्टी भित्रको गतिरोध र नयाँ अवसर खोज्ने प्रवृत्ति यस कदममा प्रमुख कारण भएको बताएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban