CAN ले TU विद्यार्थीहरूलाई NPL टिकटमा ५०% छुट दिने घोषणा

रातोघर

 २०८२ कार्तिक ३०, आईतबार  मा प्रकाशित
१९८ पाठक संख्या


काठमाडौं। क्यान (Cricket Association of Nepal) ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (TU) क्याम्पसका विद्यार्थीहरूलाई नेशनल प्रिमियर लिग (NPL) खेलका टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

क्यानका अनुसार, यस पहलले विद्यार्थीहरूलाई खेलकुदसँग जोड्ने र स्टेडियममा उपस्थित हुने उत्साह बढाउने उद्देश्य राखेको छ। विद्यार्थीहरूले क्याम्पस आईडी देखाएर छुट प्राप्त गर्न सक्ने बताइएको छ।

Write your Comment