जेन–जी आन्दोलनका आ’गजनीका क्रममा प्रचण्डको घरबाट १ लाख मात्रै भेटिएको दाबी

रातोघर

 २०८२ मंसिर १, सोमबार  मा प्रकाशित
११६ पाठक संख्या


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका समयमा आफ्नो काठमाडौंस्थित निवासमा आ’गजनी हुँदा सुरक्षाकर्मीले जम्मा १ लाख रुपैयाँ मात्र भेटेको दाबी गरेका छन्।

हिमालयन टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा बोल्दै प्रचण्डले आफू प्रायः ठूलो रकम घरमा नराख्ने बताउँदै सुरक्षा कारणले ५ देखि १० लाख रुपैयाँसम्म साथी–भाइको घरमा राख्ने गरेको जानकारी दिए। उनले छोरी गंगाको घरमा पनि केही रकम राखिएको हुनसक्ने संकेत गरे।

प्रचण्डको निवासमा भएको आ’गजनी र त्यसपछि भेटिएको नगदबारे सामाजिक सञ्चालमा विभिन्न चर्चा चलिरहेका बेला उनले सार्वजनिक रूपमा यसबारे स्पष्टिकरण दिएका हुन्।

Write your Comment