इटहरी उपमहानगरपालिका क्षेत्र सिल

रातोघर

 २०७७ जेष्ठ ६, मंगलबार  मा प्रकाशित
७४१ पाठक संख्या


 

इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक बैंठक राखेर उपमहानगरपालिका ५ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

उनले औषधिबाहेक अन्य सबै प्रकासका पसलहरू र बजार क्षेत्र पूर्ण रुपमा बन्द गरिएको बताइन् । इटहरीका केही वडाहरूबाट भइरहेको सेवाप्रवाह पनि बन्द गर्ने निर्णय भएको उपमेयर गौतमले बताइन् ।

५ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न उपमेयर गौतमले नगरवासीमा अनुरोध समेत गरेकी छन् । उनले परिस्थित सहज नहुन्जेल नगरवासीले घरबाहिर हिँड्डुल गर्न नपाउने बताइन् ।

Shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban