जीतपुरसिमराका ब्यवसायिक सटरको घरभाडा छुट गर्न माग

रातोघर

 २०७६ चैत्र २६, बुधबार  मा प्रकाशित
७१० पाठक संख्या


सिमरा ।

बिश्वभरी कोराना भाइरसको महामारी फैलिएका कारण देशभर नै ब्यवसायिक कारोबार ठप्प जस्तै छ । सरकारले लकडाउन गरेपछी सटर भाडामा लिएर पसल संचालन गर्ने ब्यवसायीहरु यसको ठुलो मारमा छन् ।

लकडाउनले ब्यवासाय संचालन गर्न नसकेपछी घर परिवार चलाउन मुस्किल त छ नै, घर भाडा तिर्नुपर्ने अर्को समस्याको तनाब ब्यवसायीलाई छ । सोही अनुरुप सरकारले पनी लकडाउन अवधीभरका लागी घरबेटीहरुलाई घर भाडा नलिन आग्रह गरिरहेको छ ।

यसैबिच जीतपुरसिमराका काँग्रेस नगर सभापती श्यामबाबु गुप्ताले सिमरा एयरपोर्टमा रहेको बाबा मार्केटका करिब ३२ सटरको लकडाउन अवधीभरको भाडा छुट गरेपछी बाबा मार्केटका साना ब्यवसायी खुशी भएका छन् ।

तर जीतपुरसिमराको ठुलो बजारका रुपमा स्थापित जीतपुर बजारमा पनी सैयौँ साना ब्यवसायीहरुको सटर भाडा छुट होला कि नहोला भन्नेमा अन्योल छन् ।

‘सरकारले आग्रह पनी गरिसकेको छ, हामीले पनी कमाएर तिर्ने हो, अब भाडा कसरी तिर्ने ?’ जीतपुरसिमराका एक ब्यवासायीले भने, ‘घरबेटीहरुले मानवियता देखाउनुपर्छ, नत्र हामी धरासायी बन्ने अवस्था छ ।’

यसैबिच जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले जीतपुरसिमराका साना ब्यवसायीहरुलाई मारमा पार्न नहुने भन्दै घरभाडा छुटका लागी घरमालिकहरुलाई आग्रह गरेका छन् ।

यो कठिन घडीमा घरखर्चको जोहो गर्न समेत नसकिरहेका साना ब्यवसायीहरुलाई घरबेटीहरुले घरभाडा लिए कतिपय ब्यवसायी सडकमा आउने लामिछानेले तर्क गरेका छन् ।

यसका लागी नगर उद्योग बाणिज्य सँघ छलफलको क्रममा रहेको भन्दै नगरपालीकाले यस बिषयमा गम्भिर हुनुपर्ने उनको भनाई छ ।

‘यतीबेला पैसा भन्दा ठुलो मानवियता हो , घरबेटीहरु यो संक्रमणका बेला आफ्ना घरमा ब्यवसाय गर्नेहरुलाई सहयोग गर्न आवस्यक छ’, उनले भने, ‘नगरका भाडामा रहेका ब्यवसायीक सटरहरुले कम्तिामा पनी एक महिनाले घरभाडा छुट गर्नेपर्ने आवश्यक छ ।’

यता संघका अध्यक्ष संजय साहले यसमा राज्य पक्ष नै गम्भिर हुनुपर्ने बताएका छन् । सटर भाडा छुटको बिषयमा घरबेटीहरु स्वयम सहयोगी बन्नुपर्ने भन्दै उनले राज्य पक्षबाट नै उचित पहलकदमी लिई ब्यवसायीको मनोवल उच्च राख्न जरुरी रहेको बताए ।

सिमरामा बाबा मार्केटका घरबेटी श्यामबाबु गुप्ताले जीतपुरसिमरामा छुटको शुरुवात गरेको भन्दै उनले अन्य सक्ने घरबेटीहरुले पनी भाडा छुटको घोषणा स्वयम गरिदिन साहले आग्रह गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban