

काठमाडौं, जेठ
सरकारले सुन, मदिरा र सुर्तीमा कर वृद्धि गरेको छ ।
बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताए । ती वस्तुको आयातमा सरकारले भन्सार दर वृद्धि गरेकाले मूल्य बढ्ने भएको हो ।
बजेट आगामी आर्थिक वर्षका लागि भए पनि भन्सार दरमा गरिएको फेरबदल तत्काल लागू हुने प्रावधान बमोजिम ती बस्तुको बढेकाे मूल्य भोलिदेखि नै लागू हुनेछ ।





Write your Comment