प्रश्न पुरुषलाई : उमा बिस्वकर्मा

रातोघर

 २६ आश्विन २०७७, सोमबार १९:५९  मा प्रकाशित
५३१ पाठक संख्या


महिलाको सुरुवात पहिले कि पुरुषको सुरुवात भन्ने विषय अण्डा पहिले कि चल्ला पहिले भन्नू जस्तै हो । प्राचीन विविध सभ्यतामा Adam and Eve को कहानीको कुरा छोडौ । नत म इतिहासको विद्यार्थी नत इतिहासको बिज्ञ तर हामी बिज्ञान र प्रबिधिलाई आत्मसात गर्नेहरु सृष्टिकर्ता महिला हुन भन्ने कुरालाई नकार्न सकिँदैन किनभने कुनै पनि बंश बिस्तारण नभै मानवको मात्र होईन कुनै जीव जनावर अनि वनस्पतिको दीर्घकालीन अस्तित्व छैन । यानिकी लामो समय सम्म यो संसारमा अस्तित्वमा रहिरहन र यश धर्तीलाई चलायमान राख्नको निम्ति नारी अपरिहार्यता हो । यो सर्बमान्य छ किनभने आझ सम्म एउटा पुरुषले पुरुषकै अस्तित्वबाट कुनै बंश बिस्तार गरेको या जन्म दिएको इतिहास अहिलेसम्म देख्न र सुन्न पाइएको छैन र पाइदैन पनि तर फरक प्रबिधी र फरक अस्तित्वबाट संम्भव हुनु बिज्ञान र प्रबिधिको देन हो तर वास्तवमै एक छोरी या नारी उनी अबिवाहित भैकन पनि उनलेे किर्तिम गर्भाधानबाट बंश बिस्तार गरि आमा बन्न सक्छिन ,यी हुन नारी ।

 

हरेक कुराको लचिलोपनको सर्वनामको विशेषता हुन नारी ।मलाई लाग्छ प्रकृति भन्दा बाहेक यो सृष्टि केहिपनी छैन किनभने यो हावा, यो पानी, यो स्थल र यो संसार सबै यो प्रकृतिको सुन्दर उपहार हो। प्रकृतिकै कारण आज हामी मानव ,जनावर ,बनस्पति आदि अस्तित्वमा छौ । यो संसारकै सर्वश्रेष्ठताको उपाधी बोकेको मानव ,पुरुष मात्रै होइनन् कि महिला पनि उत्तिकै हुन । सर्वश्रेष्ठता भनेको त हरेक कुरा माथीको नियन्त्रण गर्न सक्ने क्षमता ,अनुशासित हुने र रहन सक्ने क्षमता ,नैतिक र चारितृक हुने क्षमता ,निरन्तर सुधारित हुन सक्ने क्षमता ,तृक्ष्ण वास्तविक बुद्धिको क्षमता ,सु ब्यवस्थित हुन सक्ने क्षमता ,हरेक विषयवस्तु र अवस्थालाई सहन गर्न सक्ने क्षमता र हरेक समय ,अवस्था र परिस्थितिसङ्ग जवाफदेही भै जुध्न सक्ने क्षमता आदि आदि हुन सक्ने क्षमता जसले मान्छेलाई अरु भन्दा पृथक बनाएको छ नकि रिसराग,संवेग ,अहंकार ,राक्षसिपन ,पागलपन,अन्तत दानवियपन देखाउने वा गर्न सक्ने क्षमता भएकाले ।

 

यदि कसैले पनि यी र यस्ता दानबियपन देखाउछ र गर्छ भने त्यो कदापि मानव होइन त्यो दानवको बिल्ला बोक्न तयार हुनुपर्छ । महिला र पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हुन अझ यसलाई त म यसरी भन्न मन पराउछु कि महिला र पुरुष बिज र बारी हुन। त्यो बारी जहाँ कुनै बिज रोपिदैन त्यो बारी कसरी ? अनि त्यो बिज जुन छर्दैछरिदैन वा उत्पादननै गरिदैन त्यो बिज कसरी ?त्यसैले बीउ र भुमी जस्तै महिला र पुरुष हुन जो एकाअर्काको परिपुरक हुन यो सर्बमान्य र अकाट्य हो। तर वास्तविकता किन अलग ?किन महिलालाई कहिले पनि परिपुरकका रूपमा हेरिएन ?किन महिलालाई मान्छेको दर्जा दिइदैन ? किन महिलालाई स्वतन्त्र मानवको रूपमा पचाइदैन? किन महिलालाई यो संसारको बराबरी हिस्सेदार मानिदैन ?किन महिलालाई एउटा खेलाउना जस्तो लेनदेन ,प्रयोग अनि बेकार गराइन्छ ? प्रस्न छरपस्ट अनि लथालिङ्ग पुरुष महोदयका लागि । हाम्रो नेपाली समाजमा आज पनि छोराछोरी माथिको गहिरो विभेदको पर्खालको साध फैलिदो क्रममा छ। नेपाली जनमानसमा अझैपनी छोराकै मोह ,छोरानै प्यारो,छोरानै जान्ने ,छोरानै सुन्ने अनि छोरानै सर्वमान्य किन र कहिले सम्म ??? हाम्रो समाज अहिले पनि कति पछाडी छ भन्ने कुरा छोरा भन्ने कुजात को हर्कतले नेपाली समाज अनि सारा छोरिचेली माथीको क्रुरताले प्रष्ट देखाएको छ। एउटा छोरिमाथिको असमानता र विभेद छोरीको भ्रुण आमाको गर्भमा हुदाबाट सुरु हुन्छ ,त्यो महिला जो छोरीलाई आफ्नो शरीरमा राख्दैछिन उनी त्यो दिनबाट शिकार हुन्छिन ,श्रीमान ,परिवार अनि समाजबाट अनि तिनै महिला छोरालाई आफ्नो गर्भमा राख्दाको दिनबाट आफुलाई सम्मानित ठान्न बाध्य हुन्छिन किनभने श्रीमान ,परिवार र समाजबाट उनलाई छोराको मोहको पाठ पढाइन्छ।

 

यो सदियौबाट चल्दै आएको छ। हाम्रो समाजमा छोरा र छोरीलाई फरक धारबाट हेरिन्छ ,गरिन्छ र सोचिन्छ यो कहिले सम्म? के छोरी जन्मदा लाग्ने समय र छोरा जन्मदा लाग्ने समय धेरै थोरै हुन्छ? के छोरा पाउँदा र छोरी पाउँदा हुने प्रसवपीडा धेरै वा थोरै हुन्छ? के छोरा जत्तिकै छोरीले केही गर्न सक्दैनन ??के छोरा भन्दा छोरी बेकारका हुन्छ्न ?के छोरा भन्दा छोरी काम नलाग्ने हुन्छन् ????यस्तो त बिल्कुलै होइन र म मान्दिन पनि संसारका कयौ छोरी छोरा भन्दा अगाडि छ्न ।biologically केही भिन्नता हुनु स्वभाविक हो किनभने जमिन मुनि फल्ने आलु र सखरखण्ड दुबै कन्दमुल हुन दुबैमा कार्बोहाइड्रेट पाइन्छ र पनि फरक स्वाद र फरक विशेषता हुन्छ स्वतह महिला र पुरुषमा केही विभिन्नता हुनु प्राकृतिक हो। तर हाम्रो जस्तो विकासोन्मुख देश नेपालमा छोरालाई र छोरीलाई गरिने ब्यावहार नितान्त फरक छ ।ती छोरी जो विभेदको शिकार सबैभन्दा पहिले परिवारबाटै हुन्छिन। सङ्गैका दाजुभाइ आरामले खेल्दा त्यो खेलेर बिताउनु पर्ने रमाइला बालापन जिम्मेवारबोध भइ बाध्यात्मक परिस्थितिबाट गुजार्छिन छोरिले । त्यो परिवार जसले छोरालाई हरेक स्वतन्त्रता प्रदान गर्दछ त्यही परिवार छोरिका निम्ति स्वतन्त्रता हनन को केन्द्र बन्दछ । छोरालाई घर बाहिर जाउ ,तिमी बलियो बन ,बहादुर बन,साहसि बन ,पढ लेख ,हिम्मत देखाउ ,स्वतन्त्र बिचारक र स्वतन्त्र ब्यक्ति होउ भन्ने समाज छोरीलाई घरभित्र कुन्ठित गराउदछ। ती छोरी सङ्गैको दाजुभाइ स्कुल जादा घास काट्छिन,दाजुभाइले खाना खादा खानुको सट्टामा भाडा कति बेला माझ्ने भनेर कुर्छिन ,बाहिरी संसारमा दाजुभाइ रमाइरहदा उनी घरको चुलो चौको ,घाँस पानी र काम काजमै बाध्य भएर अल्झिन्छिन। यति हुदाहुदै पनि छोरा भन्दा छोरीको गुण र विशेषता म धेरै नै देख्छु र मलाई छोरी हुन पाएको मा गर्व लाग्छ किनभने छोराले बिद्या हासिल गर्छ तरपनी सरस्वती छोरी हुनुपर्छ । छोरा स्वतन्त्र हुन्छ तर पनि छोराकै प्रतिस्प्रधी हुनुपर्छ यो कहिले सम्म??? यति विभेदको सिकार हुदाहुदै पनि छोरी छोरा सरह हुने हिम्मत गरिरहेकी छिन । खयर यी वास्तविक कुरा छोडौ किनभने पुरुषलाई पच्दैन । आज २१औ शताब्दी होइन २२औ शताब्दीको पुर्वार्धमा हामी नेपाली छौ ।

 

संसार कहाँ बाट कहाँ पुगिसकेको छ तर हामी नेपाली नारी आजपनि हरेक प्रकारको दमन ,शोषण ,हिंसा लगाएतका नारकिय अवस्थाबाट गुज्रिन बाध्य छौ।आजको समय सूचना र प्रबिधिको समय हो जुन राम्रा र असल सुचना समाचारको आसामा रहेका हामी नेपाली नारी दिनप्रतिदिन बलात्कार जस्तो जघन्य अपराधका घटना सुन्न र सहन बाध्य छौ।वर्तमान समाचारको करिब ५०%भन्दा बढी त बलात्कार ,एसिड आक्रमण ,शोषण ,हिंसा ,बेचबिखन ,महिला माथी आगो लगाईएको मा आधारित समाचार छन अझ भनौ आगो समाचार भनेकै महिला माथिको दमन र शोषणमा आधारित छ्न। मैले त्थ्याङ्क राख्न चाहादिन किनभने जतिजति Data and facts लाई हेर्छु मनै रहन्न। आजका नारीलाई त यति सकस छ भने यहाँ सम्म कति लाखौं करोडौं नारी शोषित दमित भए आकलन गर्ने मात्र सामर्थ्य राखदछु । नेपालले विभिन्न कालखण्ड पार गर्दै विविध व्यवस्थालाई ढाल्दै संघिय गणतन्त्र नेपालको रूपमा स्थापित वर्तमान अवस्था छ। हालको राज्यव्यवस्थालाई थप टेवा दिनका लागि जनता र देशको अभिभारा प्राथमिकतामा भन्दै एजेन्डा बोकेका झण्डै दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार नेपालको तिनै तहमा कृयाशिल रहिआएकोछ ।कम्युनिस्ट नेतृत्वको सरकार प्रती जनताको आसा भरोसा अधिक हुनु स्वभाविक हो तर उक्त सरकारको नेतृत्व रहिरहदा समाजमा विभिन्न किसिमका अराजकता,बलात्कार ,एसिड आक्रमण ,महिला हिंसा ,चेलीबेटी बेचबिखन ,cyber अपराध ,घरेलु हिंसा ,बाल शोषण जस्ता घटनाहरु बढ्दो क्रममा छन् ।

 

radio,tv,online portal,youtube,twiter लगाएतका सामाजिक संजालमा बलात्कारको घटना मात्र सुनिन्छ र देखिन्छ। नारी माथिको क्रूरता कहिले सम्म?? तिमी पुरुषको उदगम थलो नै नारी हो भन्ने कुरा किन अस्वीकार्य ???जसले पुरुष भन्ने कुजातको जन्म दियो त्यही नारीको अन्त्यको लागि किन लागि पर्दैछौ ????? यो त माउखाने को चाल हुँदैछ।एकैदिनमा ५-७ भन्दा बढी सम्मको बलात्कारको मात्र समाचारले छोरी चेलिलाई आक्रान्त पारेको छ। कहिले vip बाट संचालित भनिएका घटना ,कहिले निर्मला पन्त ,कहिले सम्झना कामी को घटना देखि आज सम्म कति कति सुन्दा देक्दा शरीर जिरिङ्ग हुन्छ। बिश्व कोरोनाको महामारीबाट आक्रान्त बनेको बेला नेपाली छोरी कोरोना सङ्ग भन्दा पुरुष सङ्ग जोगिनु परेकोछ ।रोगबाट होईन हिंस्रकहरुको भोकबाट त्रसित हुनुपरेको छ।lockdown को अवधीमा झन्डै ७०को औसतमा बलात्कारक घटना भएकाछ्न । हरेक ठाउमा एउटा छोरी भएर बाच्न र अस्तित्व बचाउन फलामको ढुङ्गो चपाउनु जस्तै भएको छ। देश र समाजको बिकासका लागि पुरुष र महिलाको समान सहभागिता र समान अवसर हुनुपर्छ तर वास्तविकता ठिक उल्टो भएको छ।जबसम्म हाम्रो समाजमा छोरा जातिलाई अनुशासन र नैतिकताको पाठ पढाइदैन तबसम्म छोरी जातीको सुरक्षा र संरक्षण धरापमा हुन्छ किनभने आज सम्म महिलाबाट महिला बलात्कृत भएको सुन्न र देख्न पाइएको छैन र महिलाबाट पुरुष बलात्कृत भए र महिलाको समूहले पुरुषलाई हत्या गर्यो भन्ने संसारको कुनै कुना कप्चेरामा सुनिएको छैन। त्यही नारीको स्तन चुसेर यो धर्तीमा पदार्पण भएको पुरुषले आमा ,दिदिबहिनी ,छोरी वा स्त्रीलाई सम्बोधन गर्ने कुनै शब्दलाई आत्मसात गरेको छैन। ३ महिने बालिका देखि ७६ बर्षकि दात झरेकी बृद्ध सम्म बलात्कारको शिकार हुनुपरेको छ । यसमा दोष कस्को ??????

 

प्रस्न आफुलै भिजिलयान्ते भद्र भन्न रुचाउने ती नरपिचासहरुलाई । ती ३ महिने बालिका जो रुनको लागि आवाज ननिस्किएको घाँटी निमोठ्न कसरी सकेउ??? ती ७६ बर्षकि बुढी एउटा सहारा लठ्ठी टेक्न नसक्ने माथि तिमी जाई लाग्न कसरी सकेउ ???छि छि तिमी त पुरुष भन्न लाएक नै होइनौ कायर। विभेदको खाल्डोमा भासिएको हाम्रो समाज जहाँ जात,रुप,रङ्ग,धर्म ,बर्ग हरेक एक शब्दमा विभेद गरिन्छ।प्रेमका लागि जात मिलेन भन्दै मान्छे मार्नेहरु बलात्कारको बेला कुनै जात ,धर्म ,बर्ग हेर्दैनन अझ भनौ बलात्कारको बेला पहिलो रोजाइ हुन्छ दलित। किन दलित पहिलो शिकार भएका छ्न ??? कि उनिहरुको आवाज सुनिदैन ???कि जे गरे पनि हुन्छ भन्ने अतिबादी सोचको उपज हो ???के तिमिलाई मन लाग्दा जबर्जस्ति गर्दा जात नहुने अनि तिमिले जिम्मा लिनुपरे दलित हुने हुन्छ??? कठै तिम्रा ब्राहमण्बादी हबिगत ! मान्छे तिमी पुरुष मात्रै होइनौ महिला पनि मानव हुन ।उनलाई पनि भोक लाग्छ,माया लाग्छ ,रिस उठ्छ सबै हुन्छ जुन तिमी पागल पुरुष लाई हुन्छ फरक यति हो तिमिमा भन्दा मानवता नारीमा छ ।तर तिमी जस्तो कसैलाई दिनदाहडै महिलाहरु कोहि माथी अतिबादका साथ हाबी हुदैनन ।

दिनप्रतिदिनको बढ्दो बलात्कारको बिगिबिगिले नेपाली छोरी जगत मर्माहत भएकाछ्न।शोषित ,पीडित नारीका आवाज बन्छौ भन्दै सरकारमा नेतृत्व गरिरहेका महिला नेतृत्वकर्ताहरु सपनिमा हराएकाछ्न जहाँ बास्तबिकतामा एक शब्द सम्म बोल्न सम्म सकिरहेका छैनन् ।

 

तिमी त समाजले शिक्षित भनेर पुरस्कृत गरेको छोरा हौ फेरि यस्तो अशिक्षित र अभद्र ब्यावहार किन??? चेतनशील ठान्ने तिमिहरु तिम्रा चेतना स्त्रीलम्पट किन ???अशिक्षित नारी माथी तुक्ष प्रहार किन??? महिला माथी यति सारो हिंस्रक क्रियाकलाप त एउटा पशु बाघले मात्र गर्छ त्यो पनि अगाडि बाट तिमी पुरुष त एउटा घर भित्र परिवारको बन्देजमा रहेकी अनुशाशीत छोरी माथी अँध्यारो,असहायपन र एक्लोपनको फाइदा लुटि पछाडीबाट सामुहिक प्रहार गर्छौ कति सम्म को कायर रैछौ तिमी ????? अनुभव आफै गर्नु। तिमी भन्छौ म शिक्षित पुरुष हु भनेर फेरि त्यो अनपढ गबार माथी किन जाई लाग्छौ??? तिमी शिक्षित कसरी ???तिमी भन्छौ छोटा लुगा लगाएका कारण ,फेरि किन पूरा शरीर ढाक्नेकै बलात्कार गर्छौ???फेरि तिमी भन्छौ धेरै जवानी देखाउनेहरु जिम्मेवार हुन भनेर फेरि ३महिने बालक को के जवानी हुन्छ???फेरि तिमी भन्छौ धेरै स्वतन्त्र हुनु ठिक होईन घर बाहिर घुम्नु ठिक होईन तर किन आफ्नै घर भित्र दाजुभाइ बुवा श्रीमान ससुरा भन्ने दानवबा हुन्छ बलात्कार ??????फेरि तिमी भन्छौ नारी धेरै आधुनिक भएर बलात्कार बढ्यो फेरि कहिलै शहर नदेखेका छोरी माथी किन बलात्कार ??????यी प्रस्नहरु तिमी स्त्रीलम्पट कुजातहरुलाई ! म त भन्छु बलात्कार त तब हुन्छ जब पुरुष भन्ने दानवमा नरपिचासिय हिंस्रक अनि घटिया सोच र सस्कारको जन्म हुन्छ जो यो जगतको ,लाजसरमको ,नैतिकताको र उमेरको ख्याल राख्दैन।भनिन्छ जुन चिजभित्रको भित्री विशेषता जतिसुकै लुकाएपनी एक न एक दिन जरुर बाहिर आउन्दछ। स्वही अनुरुप तिमी पुरुषभित्रको जङलीपन मौलाएको हामी नारीले देखिरहेका छौ । नेपालका तिनै तहका सरकारमा विभिन्न तह र तप्कामा थोरै नै भएपनी सचेत महिला र पुरुष नभएका होइनन् फेरि पनि यो पुरुषप्रधान हाम्रो नाथे समाज बलात्कारहरुलाई नै टेवा पुर्याईरहेकोछ।सामान्य एउटा प्रेमका लागि जात घातक भनी समाजबाट छोरालाई बहिष्कार गर्ने समाज बलात्कारि छोरालाई घरभित्र लुकाउछ। पिडक लाई शान्ती सुरक्षा उल्टो समाज ।ती पिडित छोरी लाई विभिन्न लाल्छना लगाइन्छ किन ????बलात्कृत नारीले आउ मलाई तहसनहस पार भनेर भनेको हुन्छिन र ????त्यो त जंगली पुरुषले नारीमाथी गरेको जघन्य अपराध होईन र???फेरि प्रस्न र चुनौती नारीलाई किन र कहिले सम्म????परिवार ,समाज,पुलिस-प्रशासन ,मानवअधिकारकर्मी र सरकार त पीडितको पक्षमा वकालत गर्नुपर्ने होइन र ????? फेरि पिडकको बचावटमा किन लागि पर्दैछ्न सबै???? प्रस्नहरु चुलिएकाछ्न । हो म मान्छु माया प्रेम सबैलाई चाहिन्छ पुरुषलाई जत्तिकै महिलालाई पनि फेरि समान सहभागीता किन मान्दैनौ तिमी पुरुष ???तिमी आफुलाई मात्र सर्बोच्च किन ठान्छौ ???फेरि तिमी पुरुष स्वयं आफुमाथी नियन्त्रण गर्न अयोग्य छौ त महिला माथिको नियन्त्रण किन चाहन्छौ?????बलात्कृत छोरीलाई हेर्ने दृष्टिकोण कति सम्मको अपवित्र ??? अपवित्र त तिमी पुरुष हौनी जो जबर्जस्ति अरुको इज्जतमा धावा बोल्छौ र गर्छौ।

 

मानवताको कानुनले भन्छ मान्छे मार्नेलाई झुण्ड्याउ नकि मोर्नेलाई तर तिमी पुरुष त मानवताको कानुनको विपक्षमा लाडिरहेका छौ किनभने बलात्कारी पनि तिमी पुरुष हौ अनि तिम्रो बचावट पनि झुट्को सहरामा पुरुषलेनै गर्छ किनकी परिवार समाज र राष्ट्रसम्म नै पुरुषको मात्र हलिमुहली छ तिमी नै बाँस तिमी नै बासुरी तिमी नै बेताल ।फेरि तिमी पुरुषबाट साथ सहयोग र समर्थनको आशा राख्ने हामी नारी गलत हो भन्ने प्रस्न म मा उब्जिएको छ किनकी खुर्सानीबाट गुलियो स्वादको अपेक्षा गर्नु बेकार हो किनभने खुर्सानीलाई ज गरेनी पिरो को अलावा अरु स्वाद दिदैन।प्रेमको नाटक गरि नारी माथी बिवाहापुर्बनै जबर्जस्ती गर्न खोज्ने तिमी त्यही नारीले अस्विकार गरे ज्यान सम्म लिने राक्षस पुरुष ले महिलाको verginity को के कुरा गर्छौ???? बलात्कार पछि नारीको verginity गुम्यो भन्नेहरु जस्ले गर्दा गुमेको हो उस्को चाहिँ verginity गुमेको हुदैन????के verginity भन्ने नारी मा मात्र हुनुपर्छ ???? एउटा पुरुषले महिला रोज्नु पर्यो भने आफुभन्दा सके सम्म १० कदम अगाडि होइन भने १ कदम भएपनी आफू भन्दा राम्रो सबल सक्षम र अनुशाशीत हरेक पक्षम अब्बल नारी खोज्ने तर महिलाले तिनै बलात्कारी जंगलीलाई सहनुपर्ने अनि स्विकार्नु पर्ने????यो ज्यादती अबका नारिले सहने छैनन । तिमी पुरुष vergin रौ ,तिमी अनिशासित हौ,तिमी योग्य इमानदार पुरुष हौ तब तेस्ता क्षमताका नारी भेटाउन योग्य हुनेछौ ।

 

दिनप्रतिदिनको बढ्दो बलात्कारको बिगिबिगिले नेपाली छोरी जगत मर्माहत भएकाछ्न।शोषित ,पीडित नारीका आवाज बन्छौ भन्दै सरकारमा नेतृत्व गरिरहेका महिला नेतृत्वकर्ताहरु सपनिमा हराएकाछ्न जहाँ बास्तबिकतामा एक शब्द सम्म बोल्न सम्म सकिरहेका छैनन् । महिला अधिकारकर्मी उत्तिकै मौन छ्न । राष्ट्रपती देखि प्रधानन्यायाधीश सम्म महिला भएको देश नेपालमा दिनदाहडै छोरीको चोक्टालाम्टा छुट्टिएको छ ,राष्ट्रिपति सितल निवासमा शितलता तापिरनु भएको छ किनकी उहाको छोरीको होइन बलात्कार गरिब जनता को छोरीको भएकोछ। यस्तो पनि के नेतृत्व ????? गरिब जनताका पक्षमा मा उभिन्छु भनेर बाचा गरेको दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार लाजै नमानी दिवा सपना देख्दैछ । गृहमन्त्री जस्तो अहोदामा रहेका माननिय मन्त्री भनौदा ब्यक्तिले अरु ठुला देशको तुलनामा हाम्रो देशमा कम बलात्कार भएको छ भन्ने लाचार बक्तब्य दिन भ्याएकाछ्न। यस्ता मन्त्री र यस्तो सरकार हुन्छ भन्ने थाहा पाएको भए जनताले कदापी कम्युनिस्ट सरकार चहादैनथे होला। बकम्फुसे नेतृत्व र उदासिन सरकार बाट गरिब जनताको अपेक्षा अब केही रहेन ।न्यायलय अपरा,गुण्डा,बलात्कारी,नाइके भरौटे बचाउन लागि परेको छ।यसरी सरकारले जनताप्रति अभिभावकत्व होइन दादागिरी देखाएको छ। तर नारी हिजोका कैयौ समस्या र बाधाबाट लड्दै भिड्दै आजको पुरुषको टक्कर गर्दै अस्तित्वमा छ्न ।तिम्रा यस्ता क्रुरताले नारीलाई दबाउन सक्दैनौ ।

 

एउटा नारीलाई मार्दैमा संसार शुन्य हुदैन तिमी १ नारीलाई नस्ट गरिरहदा तिमिलाई ठाडो चुनौती दिने १० छोरी जन्म हुदैछ । बुझिराख तिमी । तिम्रा यी दिन दाहडै नारी माथिको बलात्कार र आक्रमणको घट्नाले नारीलाई कम्जोर होइन थप सशक्त बनाएका छौ ।तिम्रा अगाडि देविको रूपमा प्रस्तुत हुने नारी अब राक्षसि रूपमा तिम्रा सामु प्रतिस्पर्धामा उत्रिदैछ्न।तिमिलाई फुलेको जवाफ पत्थरले दिनका निम्ति सारा नारी फेरि एकताबद्ध हुदैछ्न।तिम्रा यी स्त्रीलम्पट क्रियाकलापले नारीलाई अनुशासित होइन ज्वालामुखी हुन उक्साएका छौ । पहिले तिमी माथिको प्रस्नको उत्तर गर्ने सामर्थ्य र हैसियत राख अनि मात्र नारी माथी प्रस्न गर्ने प्रयत्न गर। बारामबार भएका नारी माथीका जघन्य अपराधका घटनाले आजका नारीलाई चुप लागेर बस्न होइन म को हो ? बास्तबिकता नारीको क्षमता र अस्तित्व के हो ??? भनेर सोच्न र आफ्नो लागि डटेर लड्न बाध्य बनाएको छ ।

 

तिम्रा पुरुषको आडम्बरलाई तहसनहस पार्न नारीलाई बाध्य बनाएका छौ। त्यसैले नारी यो सन्सार को मान हो सम्मान हो तिम्रो गुलाम होइन। तिमी स्वसहनशिल अनुशासित बन महिला आफै अनुशासित छ्न । महिला माथी हुने हरेक प्रकृतिका अमानवीय क्रियाकलाप बन्द गर। स्वच्छ समाज र राष्ट्र निर्माणमा हातेमालो गर।

 

 

उमा बिश्वकर्मा

तानसेन ५ पाल्पा

Write your Comment