कसले मार्ला बाजी?: काँग्रेस पार्टीबाट को—को छन् मेयरको आकांक्षी,कसको कस्तो छ प्रभाव

आउँदो सृङ्खलामा जीतपुरसिमरामा नेकपा एमाले पार्टीबाट को—को छन् मेयरको आकांक्षी,कसको कस्तो छ प्रभाव भन्ने बिषयमा चर्चा गर्नेछौं ।

रातोघर

 २० चैत्र २०७८, आईतवार २०:००  मा प्रकाशित
७४७ पाठक संख्या



चैत्र२०,बि.पी.भट्ट,सिमरा/
“कसले मार्ला बाजी?”को आजको सृङ्खलामा जीतपुरसिमरामा काँग्रेस पार्टीबाट को—को छन् मेयरको आकांक्षी र स्थानिय स्तरमा कसको कस्तो छ प्रभाव भन्ने बिषयमा चर्चा गर्नेछौं ।
यतिवेल जितपुरसिमरामा मात्र नभई देशभरीका सबै स्थानिय तहहरुमा कोही गाँउपालिकाको अध्यक्ष बन्न त कोही नगरको मेयर र उपमेयर बन्ने दाँउमा स्थानिय नेताहरु लगि परेका छन् । केहिदिन अघि पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत पुर्वप्रधानमन्त्री पनी मेयरको उमेद्वार बन्न सक्छ भन्दै टुइट गरेका थिए ।

झट्ट हेर्दा सांसद मन्त्री भन्दा सानो पद लागेपनी अध्यक्ष तथा मेयरको क्षेत्राधिकारले यस पदप्रतिको मोह बढ्दो छ । जीतपुरसिमरामा समेत केही सांसद तथा पुर्वसांसद हरुले मेयरको उमेद्वार बन्ने आकांक्षा राखेको देखिन्छ । मुख्य तिन दलको अवस्था हेर्ने हो भने प्रत्येक पार्टीबाट संभावित रहेका ३देखि ५ जनासम्म आकांक्षी देख्न सकिन्छ । कुन पार्टीबाट को—को छन् संभावित आकांक्षी?

नेपाली काँग्रेसमा आकांक्षीहरु को—को छन् भनेर हेर्ने हो भने २ जनाले खुलेर मेयरको उमेद्वारको घोषण गरी सकेको बराबरको स्थितीमा छ । घोषित गरेका २ मध्ये युवानेता श्यामबाबु गुप्ता पहिला ब्यक्ति हुन् । २०७४कैं निर्वाचनमा पनी उमेद्वारका अत्याधिक चर्चामा रहेका गुप्ता यसपटक पनी पार्टीबाट मेयरको टिकट हात पार्न कम्मर कसेर लागेका छन् । पार्टीले विश्वास गरेर टिकट दिएमा आफु उपयुक्त उमेद्वार भएको गुप्ताले दाबी गर्दै आएका छन् ।

त्यस्तै नारायणी रायमाझी निरु पनी काँग्रेसमा अर्की आकांक्षीको रुपमा देखिन्छ । उनी पनी आफु मेयरको उमेद्वार बने सजिलै जित्न सकिने उच्च मनोवलका साथ खुलेर अगाडी आएकी छिन् । रायमाझी २०७४को निर्वाचनमा नगरको उपमेयरकी प्रत्याशी समेत हुन् ।

त्यस्तै बाहिर प्रचार नगर्ने तर भित्र भित्र मेयरको लविङ्गमा लागेका काँग्रेसका नेता कृष्णब्रत सिं अर्का नेता हुन् । उनले २०७४को निर्वाचनमा पनी गुपचुपमैं काँग्रेसबाट टिकट हात परेका थिए । उनका निकट एक नेताले भने २०७४को निर्वाचनमा पार्टीले चुनावको मुखमा निर्णय गर्दा जनताको घरदैलोमा पुग्न नसकेको कारण निर्वाचनबाट पराजित हुनु परेको र यसपटक समयमा टिकट पाए सिंले सजिलै जित्ने दाबी गर्दै आएको छ ।

त्यस्तै नखुलेको भएता पनी पार्टीले जिम्मेवारी दिए उमेद्वार बन्न सक्ने धारण ब्यक्त गर्ने अर्का २ नेता हुन् नगरसभापती छविलाल शर्मा र क्षेत्र नं.४का सभापती सुमन भट्टराई, शर्मा नगरसभापती भएको कारणपनी पार्टीले आफु उमेद्वार बनाउछकी भन्ने आसमा छन् भने यता भट्टराई भने नगरको शिक्षाविद् हुनुको साथै शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका हिसावले पनी चर्चित अनुहार हो । मेयरको टिकटको लागि शक्ति केन्द्र नधाउने तर पार्टीले योग्य थानेर टिकट दिएका मेयरको उमेद्वार बन्न सक्ने उनका निकट एक ब्यक्तिको भनाई छ ।

कसको पल्ला भारी छ?
पछिल्लो राजनितिक अवस्था हेर्ने हो भने गठबन्धन भएमा जीतपुरसिमराको भागबन्डा काँग्रेसलाई नैं पर्छ भन्ने ग्यारेन्टी छैन । तर एक्ला एक्लै उमेद्वार भएको खण्डमा जीतपुरसिमरामा नेपाली काँग्रेसबाट श्यामबाबु गुप्ता या त नारायणी रायमाझी मध्येबाट कुनै एकले टिकट हात पार्ने संभावना रहेको कुरा नर्कान सकिदैन ।

गुठको राजनिति कांग्रेसको लागि घातक
नेपाली कांग्रेसको हालै सम्पन्न नगर,क्षेत्र र जिल्ला अधिवेशनले समेत जीतपुरसिमरामा गुठको राजनिती चर्को रहेको प्रष्ट देखियो । निर्वाचनमा जितको संभावना बोकेका उमेद्वारले हारको सिकार हुनुमा अधिकांश उमेद्वारको लागि अन्तरघातकनैं बढी जिम्मेवार देखिन्छ । आफु र आफ्नाले टिकट पाए खुलेर लाग्ने तर आफ्नो अनुकुल नभए मौन बस्ने मात्र होइन असहयोग हुने समेत हामी माझ नजिरहरु छन् ।

आजको लागि यतीनैं हामी अर्को स्तम्भमा जीतपुरसिमरामा नेकपा एमाले पार्टीबाट को—को छन् मेयरको आकांक्षी,कसको कस्तो छ प्रभाव भन्ने बिषयमा चर्चा गर्नेछौं । हामी निष्पक्ष छौं । सबैलाई धन्यवाद

Write your Comment