जीतपुरसिमराको वडा नं. ३ मा को—को छन् वडाध्यक्षका संभावित उमेद्वारहरु, को कुन स्थानमा ?

जीतपुरसिमराको वडा नं. ४मा को—को छन् वडाध्यक्षका संभावित उमेद्वारहरु, को कुन स्थानमा ?

रातोघर

 २ बैशाख २०७९, शुक्रबार ०८:४४  मा प्रकाशित
९२१ पाठक संख्या



बैशाख२,बि.पी.भट्ट,सिमरा/ आज हामी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.३ मा कुन पार्टीबाट को को छन् प्रतिस्पर्धी मध्येका सम्भावित वडाध्यक्षका उमेद्वार भन्ने बारेमा चर्चा गर्नेछौं । हामीले पार्टीगत भन्दापनी जनस्तरमा गरेको सर्वे बाट यो लेख तयार गरि रहेका छौं । यो लेखमा आकांक्षी भन्दापनी निकटतम प्रतिदोन्धी संग बराबरीको प्रतिस्पर्धा गर्न सक्ने उमेद्वारको बारेमा चर्चा गर्नेछौं । आउँदो दिनमा कुन पार्टीले कस्तो ब्यक्तिलाई उमेद्वार बनाउँछ त्यो भने हेर्न बाँकीनैं छ । आउनुस् जनस्तरबाट प्राप्त छुट्टाछुट्टै पार्टीहरुको सम्भावित उमेद्वारहरुको चर्चा गरौं । हामी निष्पक्ष छौं ।

जीतपुरसिमरा वडा नं.३ मा नेकपा एमाले पार्टीबाट संभावित उमेद्वारको नाम लिनु पर्दा ३ जनाको चर्चा बढी हुनेगरेको पाईएको छ । जस मध्ये सबैभन्दा बढी चर्चा अमृत लाल श्रेष्ठको हुने गरेको छ भने तारा कार्की र जयकिशोर राउतको पनी चर्चा हुने गरेको छ । अमृतलाल श्रेष्ठ चर्चा मध्येको पहिलो ब्यक्ति हुन् । वडा नं.३ मा अन्य आकांक्षीहरुको बन्दा बलियो जनमत रहेको श्रेष्ठले पार्टीबाट टिकट पाएमा ३ नं.वडा अध्यक्ष जित्ने प्रवल सम्भावना देखिन्छ । तारा कार्की एमाले वाट्टै अर्का आकांक्षी हुन् । वडा अध्यक्षको दाबी गरिरहेका कार्कीलाई जित्न भने निकै संर्घष गर्नुपर्ने देखिन्छ ।

त्यस्तै एमाले बाट्टै जयकिशोर राउत अर्का आकांक्षी हुन् । राउतले हालसालै सिमरा खानेपानीमा गठबन्धनका सचिव पदका उमेद्वारलाई हराएर सचिव पद जितेकाले उनी वडा अध्यक्षको आकांक्षी देखिनु स्वभाविक नैं हो । खैर एमाले पार्टीले जीतपुरसिमरा वडा नं.३ मा कसलाई मैदानमा ल्याउने छ त्यो भने निकट भविष्यमैं देख्न पाईन्छ ।

त्यस्तै नेपाली काँग्रेसमा पनी ३ जनाको चर्चा बढी हुने गरेको छ । ३ जना मध्ये युवा नेता रविन्द्र राज श्रेष्ठ(रवि)को बढी चर्चा हुने गरेको पाइएको छ । वडा नं.३ मा काँग्रेसबाट सुशिल ढोडारी र दिनेश सुवेदीले समेत आकांक्षा राखेका छन् । हाम्रो सर्वे अनुसार अन्य आकांक्षीको तुलनामा रवि श्रेष्ठको जनमत बढी पाइएको छ । नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधी र क्षेत्रिय सदस्य समेत रहेका श्रेष्ठ बारे स्थानियले यस्तो प्रतिक्रिया दिएका थिए ।

समस्या पर्यो भनेर फोन गर्ने वितिकै दिन रात जुनसुकै समयमा उपस्थित हुने गरेको स्थानिय बताउछन् । युवाहरु माझ पनी त्यतिनैं लोकप्रिय रहेका श्रेष्ठले ३ नं.वडामा सञ्चालित उद्योगहरु प्रर्दुषणको विरुद्घमा पटक पटक आवाज उठाउदै आएको पाईएको छ । त्यस्तै शुसिल ढोडारी काँग्रेसबाट आफ्नै दावी गरि रहेका छन् । नेपाली काँग्रेसका निर्वतमान नगरसचिव समेत रहेका ढोडारीले आफुलाई समर्थन गर्न पार्टीका नेताहरु संग सहयोग माग्ने गरेको पाइएको छ ।

त्यस्तै नेपाली काँग्रेसबाट दिनेश सुवेदीले पनी वडा अध्यक्षको दाबी गरि रहेको छ । पार्टीले कसको पक्षमा निर्णय गर्ला त्यो भने हेर्न बाँकी छ । त्यस्तै वडा नं.३ मा नेकपा माओवादी केन्द्रबाट पनी ३ जना आकांक्षी देखिएको छ । निर्वतमान वडा अध्यक्ष जगन्नाथ घिमिरे दोहोरीने दाँउमा छन् भने वडा सदस्य रुकु पाख्रिन र बलराम प्रसाद चिमरिया अर्जुन समेतको वडा अध्यक्षमा दाबी छ । माओवादीले वडा नं.३ मा वडा अध्यक्षलाई दोहोराउने सम्भावना भने कम रहेको पाइएको छ ।

रुकु पाख्रिन र अर्जुन चिमरीया मध्ये एकले बाजी मार्ने अवस्था देखिएको छ । पार्टीको योगदान र सक्रिया हेर्ने हो भने चिमरियाको सम्भावनाको सम्भावना बढी रहेको छ ।
त्यस्तै समाजवादीबाट दिपक लामाको चर्चा छ भने राप्रपाबाट तुला प्रसाद गौतम र प्रकाश पाण्डेको बढी चर्चा छ ।

Write your Comment