

असार ३,मकवानपुर:
मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ फरेष्टी अगाडिबाट २९ ट्याब्लेट लागूऔषध नाईट्रोभेटसहित शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाल्पा घर भई हाल काठमाडौं नयाँबानेश्वर बस्ने २२ वर्षीय सनम क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पैदल हिडिरहेका उनलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।





Write your Comment