तीन युवक प्रहरीको फन्दामा

रातोघर

 २०७९ अषाढ ८, बुधबार  मा प्रकाशित
६८२ पाठक संख्या


अषाढ ८ ,मकवानपुर  :

शरीर बन्धक बनाई पैसा माग गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा हेटौंडा–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुलाई  पर्साको बिरंगज महानगरपालिका वडा नम्वर १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फोन सम्पर्क गर्न लगाई पैसा माग गरेको आरोपमा पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार, उनीहरुले अमनलाई गत जेठ २९ गतेदेखि उक्त होटलमा बन्धक बनाई राखेका थिए । पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban