आलुको बोराभित्र ८३ लाख नेपाली रुपैयाँ बरामद

रातोघर

 २०७९ अषाढ २१, मंगलबार  मा प्रकाशित
४८० पाठक संख्या


 असार २१,  काठमाडौं :

सशस्त्र प्रहरीले मंगलबार जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रहरीले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको उक्त रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban