लागुऔषधसहित बिन्दवासिनीबाट २ जना पक्राउ

रातोघर

 ७ श्रावण २०७९, शनिबार १८:३१  मा प्रकाशित
२६८ पाठक संख्या



सशस्त्र प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ बाट प्रतिबन्धित लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल बिओपी प्रसौनीभाठाबाट खटिएको टोलीले सीमा क्षेत्रबाट अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।

ना. ३१ प १६९२ नम्बरको मोटरसाइकलमा सवार पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रंगपुर बस्ने २७ वर्षीय सन्तोष पटेल र सोही ठाउँका ३७ वर्षीय बिरबल चौधरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार उनीहरुको साथबाट १ सय पत्ता नाइट्रोभेट ट्याब्लेट, १ सय एम्पुल डाइजेपाम, ९५ एम्पुल नुर्फिन र ९९ सय एम्पुल फेनार्गन बरामद भएको हो । त्यस्तै करिब ५ तोलाको चाँदीको ब्रासलेट, २ थान मोवाइल सेट र नेपाली १ सय र १ सय २० भारतीय रुपैयाँ पनि उनीहरुको साथबाट बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

Write your Comment