

सिमरा ।
रौतहट र सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा भएको खेलमा धनुषा र सप्तरी जिल्ला फुटबल संघलाई पराजित गर्दै सिराहा र रौतहट सेमिफाईनलमा प्रवेश गरेको हो । पहिलो खेलमा सप्तरीलाई ३–१ गोल अन्तरले पराजित गर्दे सिराहा सेमिफाईनलमा प्रवेश गरेको हो ।
सिराहाको जितमा सुजन मगर, अनिल मगर र उद्धव घलेले समान एक एक गोल गरेका थिए । उता सप्तरीका लागी निरज चौधरीले एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत सिराहाका अमन लामा म्यान अफ द म्याच घोषित भए । उनलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले नगद २५०० सहित ट्रफी प्रदान गरेका थिए ।
दोश्रो खेलमा धनुषालाई १–० गोल अन्तरले पराजित गर्दै रौतहट जिल्ला फुटबल संघ सेमिफाईनलमा प्रवेश गरेको छ । रौतहटको जितमा जर्सि नम्बर १२ का सन्देश चौधरीले निर्णायक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत रौतहटका गोल रक्षक मिरोज धामि म्यान अफ द म्याच घोषित भए । उनलाई पनि ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले नगद २५०० सहित ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत आज पनि दुई वटा खेल हुनेछ ।
पहिलो खेल दिउसो ४ बजे सर्लाही र सप्तरी जिल्ला फुटबल संघबिच हुनेछ भने दोश्रो खेल बारा र सिराहा जिल्ला फुटबल संघबिच हुनेछ । आजको पहिलो खेल अन्तिम क्वाटरफाईनल र दोश्रो खेल पहिलो सेमिफाईनल खेल हुनेछ । मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा सोमबारदेखि शुरु भएको दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।
असार १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहेको छ ।





Write your Comment