एसिया कप : नेपालले उपाधि दावेदार भारतको सामना गर्दै

रातोघर

 २०८० श्रावण १, सोमबार  मा प्रकाशित
२७२ पाठक संख्या


वीरगञ्ज ।

श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा नेपालले आज (सोमबार) भारत ‘ए’ को सामना गर्दै छ ।समूह ‘बी’ मा रहेका नेपाल र भारतबिचको खेल कोलम्बोस्थित आरपीएस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा २ बजेबाट सुरु हुनेछ ।

यसअघि शुक्रवार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय भोगेको थियो । यता उपाधि दाबेदार भारतले भने पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ लाई ८ विकेटले हराएको थियो ।

पहिलो खेलमा पराजय भोगेका कारण सेमिफाइनलको सम्भावना कायमै राख्न नेपालले भारतविरुद्ध जित हात पार्नुपर्नेछ । आजको खेलमा पराजित भएको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

आज नै अर्को खेलमा पाकिस्तानले युएईको सामना गर्नेछ । सेमिफाइनलको सम्भावना कायम राख्न युएईले पनि पाकिस्तानलाई पराजित गर्नुपर्नेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban