तपाईँले थाहा पाउनैपर्ने कम्प्युटरका ६५ ओटा शर्टकट की

रातोघर

 २०८० श्रावण ७, आईतबार  मा प्रकाशित
४०९ पाठक संख्या


काठमाडौं ।

कम्प्युटरमा शर्टकट की धेरै नै महत्त्वपूर्ण हुन्छन् । यदि हामीलाई शर्टकर्ट की थाहा भएन भने सरल तरिकाले हुने काम पनि जटिल ढङ्गतर्फ मोडिन्छ ।कम्प्युटरमा अभ्यस्त हुने मानिसहरू केही शर्टकट कीका बारेमा जानकार नै हुन्छन् ।आज हामी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको जुनसुकै भर्सन प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने शर्टकट कीबारे जानकारी दिँदैछौं ।

Ctrl + A: कुनै पनि तस्वीर वा अक्षर छनौट गर्न

Ctrl + C अथवा Ctrl + Insert: कुनै पनि तस्वीर, शब्द वा अन्य सामग्री कपी तथा हाइलाइट गर्न

Ctrl + V वा Shift + Insert: सेलेक्ट गरेको वा कपी गरेको सामग्री अन्यत्र पेस्ट गर्न

Ctrl + X: सेलेक्ट अथवा हाइलाइट गरेका सामग्री डिलिट गर्न

Ctrl + Z: आफूले पहिले गरिरहेका काम फर्काउन अथवा मेटिएका शब्द, तस्वीर, भिडिओ तत्काल पहिले कै ठाउँमा फर्काउन

Ctrl+Z: हटाएको सामाग्री फिर्ता ल्याउन

Ctrl+Y: पहिले गरेको काम दोहोर्‍याउन

Ctrl + N: नयाँ फाइल एक्स्प्लोरर खोल्न अथवा नयाँ फोल्डर बनाउन वा नयाँ ट्याब खोल्न

Windows key + F1: विन्डोज कसरी प्रयोग गर्ने भनेर आफ्नो ब्राउजरमा खोज्न

Alt + F4: प्रयोग गरिरहेको एप वा विन्डो बन्द गर्न

Alt + Tab: एप अथवा विन्डो एकअर्कामा साटफेर गर्न

Shift + Delete: सेलेक्ट गरेको सामग्री सधैंको लागि मेटाउन

स्टार्ट मेनु र टास्कबारको लागि

Windows key अथवा Ctrl + Esc: स्टार्ट मेनु खुलाउन

Windows key + X: गोप्य स्टार्ट मेनु खोल्न

Windows key + T: खोलिरहेको एप वा विन्डो छनौट गर्न

Windows key + [Number]: टास्कबारमा भएको विन्डो अथवा एप कुन नम्बरमा छ सोही नम्बर टाइप गरी एकैचोटी खोल्न

Windows key + Alt + [Number]: टास्कबारमा पिन भएको एपको राइट क्लिक मेनु खोल्न

Windows key + D: डेस्कटप देखाउन तथा लुकाउन

डेस्कटपमा प्रयोग हुने कीहरू

Windows key + M: खोलिएका सबै विन्डोहरू मिनिमाइज गर्न

Windows key + Shift + M: मिनिमाइज गरेको विन्डोहरू रिस्टोर गर्न

Windows key + Home: छनौट गरेको अथवा तत्काल प्रयोग गरिरहेको विन्डो बाहेक अन्य प्रयोग नभएका सबै विन्डो मिनिमाइज गर्न

Windows key + Up arrow: सेलेक्ट गरेको विन्डो म्याक्सिमाइज (मिनिमाइज भएको एप ओपन गर्न) गर्न

Windows key + Shift + Up arrow: प्रयोग गरिरहेको विन्डो तेर्सो आकारमा म्याक्सिमाइज गर्न

Windows key + Down arrow: सेलेक्ट गरिएको विन्डो मिनिमाइज गर्न

Windows key + Left arrow or Right arrow: सेलेक्ट गरिएको विन्डोलाई स्क्रिनको दायाँ, बाया अथवा बिचमा राख्न

Windows key + Shift + Left arrow or Right arrow: सेलेक्ट गरिएको विन्डो मनिटरको दायाँ अथवा बायाँ सार्न

Windows key + Tab: टास्क भ्यु खोल्न

Windows key + Ctrl + D: नयाँ भर्चुअल डेक्सटप थप गर्न

Windows key + Ctrl + Right arrow: भर्चुअल ड‍ेक्सटपलाई स्क्रिनको दायाँतिर सार्न

Windows key + Ctrl + Left arrow: भर्चुअल डेक्सटपलाई स्क्रिनको बायातिर सार्न

Windows key + Ctrl + F4: भर्चुअल डेस्कटप बन्द गर्न

विन्डो कीहरू

Windows key + A: एक्सन सेन्टर खोल्न

Windows key + S: टेक्स्ट मोडमा कोर्टाना (विन्डोजको भर्चुअल असिस्टेन्ट) ओपन गरेर कुनै कुरा सर्च गर्न

Windows key + C: लिसनिङ मोडमा कोर्टाना ओपन गर्न

Windows key + E: फाइल एक्सप्लोरर खोल्न

Windows key + F: विन्डोज १० को फिडब्याक हब ओपन गर्न

Windows key + Ctrl + F: नेटवर्कमा अरु कम्प्युटर सर्च गर्न

Windows key + G: गेमबार खोल्न

Windows key + H: साइडबार शेयर गर्न

Windows key + I: सेटिङ मेनु खोल्न

Windows key + K: नयाँ ब्लुटुथ डिभाइसहरू कनेक्ट गर्नको लागि साइडबार खोल्न

Windows key + L: कम्प्युटर लक गर्न

Windows key + O: स्क्रिन ओरेन्टेसन लक गर्न

Windows key + P: प्रोजेक्सन साइडबार अथवा प्रिजेन्टेसन खोल्न

Windows key + R: ‘रन’ विन्डो खोल्न

Windows key + U: ‘इज अफ एक्सेस सेन्टर’ खोल्न

Windows key + W: ट्याब्लेट अथवा टचस्क्रिनमा भएको विन्डोज इन्क वर्कस्पेस खोल्न

Windows key + Print Screen: डेस्कटपको स्क्रिनसट लिन

Win+Shift+s: स्निपिङ टुलको प्रयोग गरी स्क्रिनशट लिन

Windows key + (+) or (-): म्याग्निफायरमा जुम इन र जुम आउट गर्न

Windows key + Esc: म्याग्निफायर बन्द गर्न

Windows+Shift+M: मिनिमाइज गेरका विन्डोज फिर्ता ल्याउन

विन्डोजमा कमान्ड दिन

Ctrl + C अथवा Ctrl + Insert: क्लिपबोर्डमा सेलेक्ट गरिएको टेक्स्ट कपी गर्न

Ctrl + V अथवा Shift + Insert: कपी गरिएको टेक्स्ट पेस्ट गर्न

Ctrl + A: सबै टेक्स्ट सेलेक्ट गर्न

Ctrl + Up अथवा Down: स्क्रिनलाई एक लाइन माथि अथवा तल सार्न

Ctrl + F: विन्डोमा कुनै सामग्री खोज्न

Ctrl + M: मार्क मोडमा इन्टर गर्न

Shift + Up or Down: कुनै टेक्स्ट सेलेक्ट गर्न करसरलाई एक लाइन माथि वा तल सार्न

Shift + Left or Right: टेक्स्टलाई दायाँ तथा बायाँबाट सेलेक्ट गर्न

Ctrl + Shift + Left or Right: कर्सरलाई दायाँ अथवा बायाँ सार्न

Shift + Page Up अथवा Page Down: स्क्रिनमा कर्सरलाई माथि अथवा तल सार्न

Shift + Home or End: कर्सरलाई अनुच्छेदको (प्याराग्राफ) सबैभन्दा अगाडि अथवा सबैभन्दा पछाडि पुर्‍याउन

Ctrl + Shift + Home/End: कर्सरलाई सेलेक्ट गरिएको टेक्स्टको सबैभन्दा अगाडि अथवा सबैभन्दा पछाडि पुर्‍याउन

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban