

काठमाडौं ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
निवेदक मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, बिशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढा मगर समेतका दर्जनभन्दा बढीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको छ।
आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताइ लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने, प्रदुषण जाँचपास गराई दिने लगायतका काम गरिदिने भन्दै ठगी गरेको आरोपमा ललितपुरका राजु परियार र काठमाडौंका ब्रह्मा रिसाललाई पक्राउ गरेको हो।
परियारले पीडितहरूबाट नगद तथा सुनको गहना (औठी समेत) जबरजस्ती लिई चार लाख तीस हजार बराबरको रकम ठगी गरेका सम्राट, समिर, रागब भन्ने राजु परियार र उनले लिएको सुन किन्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक ब्रम्हा रिसाललाई समातेको कार्यालयले जनाएको छ।
रिसालले ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको सुन ११.६८० ग्राम सहित पक्राउ गरी अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाईएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।





Write your Comment