६ जिल्लाबाट लागूऔषधसहित १० जना पक्राउ

रातोघर

 २०८० श्रावण १०, बुधबार  मा प्रकाशित
३७५ पाठक संख्या


काठमाडौं : देशका ६ जिल्लाबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन्।

कञ्चनपुर, पुनर्वास नगरपालिका-४ कारगिल डाँडाबाट  लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ मटियारी बस्ने २९ वर्षीय लक्ष्मण खड्का र २० वर्षीय आदित्य चौधरी रहेका छन्। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको बसहीबाट नेपालतर्फ आउदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०१-००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट  लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय पूर्ण तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बर्दिया, बासगढी नगरपालिका-६ मोतिपुर गाउँस्थित सडकबाट  लागूऔषध जस्तो देखिने खैरो पदार्थ १ ग्राम २ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय ओमकार थारु र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय तुल्सीराम थारु रहेका छन्। ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले मैनापोखरबाट बासगढीतर्फ साईकलमा जाँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बाँके, कोहलपुर नगरपालिका-११ स्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट  लागूऔषध अफिम जस्तो देखिने पदार्थ ५ केजी ३ सय ६९ ग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जुम्ला तिला नगरपालिका-३ बस्ने ४१ वर्षीय हरि प्रसाद भट्टराई, ३० वर्षीय देवी प्रसाद भट्टराई र ४० वर्षीय भवानी प्रसाद भट्टराई रहेका छन्। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध र ३ थान मोबाइलसहित पक्राउ गरेको हो।

कैलाली, टिकापुर नगरपालिका-९ खग्रौलाबाट  लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्रामसहित भारत हरनिक सुथाना बरसोला खिरी उत्तर प्रदेश बस्ने ५१ वर्षीय हरिओम सिंह राजपुतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डा र आरआईटीबाट खटिएको संयुक्त टोलीले युपि ३१ बिएक्स ६८९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक राजपुतलाई पक्राउ गरेको हो।

झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट  लागूऔषध खैरो हरोईन जस्तो देखिने पदार्थ ३५ ग्रामसहित इलाम चुलाचुली गाउँपालिका-४ आइतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ्लाई मंगलबार राति प्रहरीले पक्राउ गरेको  छ। ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban