४५ हजार घुससहित पक्राउ परेका कोटहीमाईका इन्जिनियर यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

रातोघर

 २०८० श्रावण १५, सोमबार  मा प्रकाशित
२७६ पाठक संख्या


४५ हजार रुपैयाँ घुससहित पक्राउ परेका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर (सेवा करार) अरविन्दकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान सकेर सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी गत जेठ २० गते घुस रकमसहित पक्राउ परेका थिए । यादवले कोटहीमाई गाउँपालिका ७ मा सडक पीसीसी ढलानको काममा भुक्तानी गर्नेक्रममा ४५ हजार रुपैयाँ घुस मागेको अख्तियारले दाबी गरेको छ । ४५ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban