

मोरङ ।
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आफ्नो अनुसन्धानले पुष्टि गरेको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
ढकाल सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा गत २२ जेठमा रंगेहात पक्राउ परेका थिए ।





Write your Comment