बिहान ४ बजे छाेरा आमाकाे काेठामा छिरे, टाउकाेमा लाठी हानेर हत्या गरे

रातोघर

 २०८० श्रावण २३, मंगलबार  मा प्रकाशित
७४१ पाठक संख्या


सल्यानमा छोराले आमाकाे हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरमा २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको लाठी प्रहार गरी हत्या गरेका हुन् ।

नवीनले आज बिहान ४ बजेतिर एक्कासि आमाबुबा सुत्ने कोठामा गएर लाठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीले नवीनलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban