मध्यरातमा महिला सहकर्मीको घरमा पुगेर दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

रातोघर

 २०८० श्रावण २३, मंगलबार  मा प्रकाशित
३७५ पाठक संख्या


विराटनगर ।

मध्यरातमा पूर्व महिला कर्मचारीको घरमा पुगेर गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक पक्राउ परेका छन् ।

जाँडरक्सीले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर होहल्ला गर्दै दुर्व्यवहार गरेको आरोपमा सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो पक्राउ परेका हुन् ।

उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

यातायात सेवा कार्यालयमा महतोले आँखा जाँच गर्ने जिम्मेवारी एक वर्षका लागि पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डाक्टर महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्रव्यवहार गरेको प्रहरीको दाबी छ ।

महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो ।उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban