श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

रातोघर

 २०८० भाद्र १, शुक्रबार  मा प्रकाशित
२९५ पाठक संख्या


बर्दिया ।

श्रीमतीको हत्या गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् ।आफ्नै श्रीमती ४० वर्षीया केसकुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका १ सानोडाँफे बस्ने ५१ वर्षीय कृपाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban