अमेरिकामा गोली हानेर तीन जनाको हत्या

रातोघर

 २०८० भाद्र १०, आईतबार  मा प्रकाशित
४२२ पाठक संख्या


अमेरिका ।

अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् ।फ्लोरिडामा एक व्यक्तिले एक पसलमा तीन जना व्यक्तिको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली चलाएका स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मुखमा मास्क लगाएर गोली चलाउने व्यक्ति २० वर्षका थिए ।

गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ । दुई जना पुरुष र एक महिलामाथि गोली चलाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । लगत्तै उनले आफैँमाथि गोली चलाएका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban