शिक्षक महासंघ आन्दोलित, असोज ३ गतेदेखि देशभरका विद्यालय ठप्प पार्ने पत्रपत्रिका भदौ २९, २०८० शुक्रबार

रातोघर

 २०८० भाद्र २९, शुक्रबार  मा प्रकाशित
३८७ पाठक संख्या


वीरगञ्ज ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ । महासंघले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति शिक्षकहरूको हकहितविपरीत भएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले पटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत शिक्षक-कर्मचारीलाई धोका दिएको बताइन्।

उनका अनुसार उक्त विधेयकले एकातिर स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban