यि हुन् विद्यालय बन्द गरिरहे कारबाहीको चेतावनी दिने स्थानीय तहहरू

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
३५७ पाठक संख्या


बारा। 

प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा बुधबारदेखि प्रदर्शन गरिरहेका छन् ।

विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् । स्थानीय सरकारले शिक्षकहरुको मागमा सहमति भए पनि विद्यार्थीहरुको पढाइलाई प्रभावित गर्न नहुने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरेका छन् ।

विद्यालय बन्द गरिरहेमा कारबाही गर्ने चेतावनी समेत केही स्थानीय सरकारले दिएका छन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, फक्ताङलुङ गाउँपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका,कृष्णनगर नगरपालिका, बाराको बारागढी गाउँपालीका लगायतले विद्यालय बन्द नगर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।

त्यस्तै, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले पनि विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी नहुन शिक्षकहरुलाई आग्रह गरेका छन् । संविधानले व्यवस्था गरेको बालबालिकाको मौलिक हक हनन गर्न नहुने स्थानीय सरकारको बुझाइ छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban