सिन्धुलीमा सर्पले टोकेर एक जनाको मृत्यु

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
३३७ पाठक संख्या


काठमाडौं ।

सर्पले टोकेर सिन्धुलीमा एक जना महिलाको मृत्यु भएको छ ।दुधौली नगरपालिका-६ की ६५ वर्षीया जानुकी माझी सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।माझीलाई बुधबार सर्पले टोकेको थियो । घाइते अवस्थामा बुहारीले भेटेर उनलाई अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban