काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन निरन्तर, आज पनि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द

रातोघर

 २०८० आश्विन ५, शुक्रबार  मा प्रकाशित
८८४ पाठक संख्या


काठमाडौँ

आन्दोलनरत शिक्षक सङ्गठनले आज पनि काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।गत असोज ३ गते देखी देशैभरका सरकारी शिक्षकहरू जम्मा भएर काठमाडौँमा आन्दोलन गरे पछि राजधानीको दैनिकी अस्तव्यस्त बन्न पुगेको छ ।

आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ । प्रधानाध्यापकदेखि शिक्षकहरू समेत काठमाडौँ पुगेपछि बुधवारदेखि देशभरका सामुदायिक विद्यालय सञ्चालन हुन सकेको छैन । आज पनि विद्यालयहरू बन्द रहने भएको छ ।

सरकारले हालै ल्याएको शिक्षासम्बन्धी विधेयकले सरकारी शिक्षक, राहत शिक्षकलगायतलाई अन्याय गरेको भन्दै त्यसलाई सच्याउने मागसहित शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन । उनीहरूले आफ्नो माग पुरा नभएसम्म काठमाडौँ नछाड्ने अडान लिए पछि सरकार अप्ठ्यारोमा परेको छ ।

यता, शिक्षक सङ्गठनको आन्दोलनले काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभरि काठमाडौँ उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सवारी आवतजावत रोकिएको थियो । आज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौँ उपत्यकाको सवारी आवतजावत पुरै प्रभावित हुने बताइएको छ ।

यद्यपि, आन्दोलनकारी शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने भएको छ । गत असोज ३ देखी देशैभरका शिक्षक जम्मा भएर काठमाडौँ केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो । हिजो बिहान र साँझ भएको वार्ता असफल भए पछि आज पनि वार्ता हुन लागेको हो । वार्ता आज बिहान ८ बजेदेखि सुरु भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban