मथुरामा दर्शन गर्न पुगेका दुइ भक्तजनको मृत्यु

रातोघर

 २०८० आश्विन ६, शनिबार  मा प्रकाशित
३३२ पाठक संख्या


मथुरा।

राधा जन्मोत्सवमा राधारानी दर्शन गर्न आउनुभएको दुई भक्तको मृत्यु भएको छ । बरसानामा भएको सो दुर्घटनापछि त्रास छाएको छ । सीएम योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान राधारानी मन्दिरमा अभिषेक गर्ने क्रममा दुई भक्तको मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार सुदामा चोकको सिँढी नजिक भीडको दबाबले निसास्सिएर ७० वर्षीय भक्तको मृत्यु भएको हो भने प्रयागराज निवासी ६० वर्षीय भक्त राजमणि राधारानीको दर्शन गर्न परिवारसहित बरसाना पुगेको बेला उहाँको मृत्यु भएको हो । बिहान दर्शन गर्न जाँदै गर्दा अचानक उहाँको स्वास्थ्य बिग्रिएको थियो ।

तर, डाक्टरले उपचार गर्नुअघि नै उहाँको मृत्यु भएको जनाउनुभयो । राजमणिकी बहिनी शोभाले उहाँ मधुमेहबाट पीडित रहेको बताउनुभयो । धर्मशालाबाट डाक्टर कहाँ लैजाँदै गर्दा बाटोमै राजमणिको ज्यान गयो । सीएससी इन्चार्ज मनोजले भने कि,‘भक्तलाई अस्पताल ल्याइएको थियो, उहाँको पहिले नै मृत्यु भइसकेको थियो ।’ एक कटारा पार्क र अर्को धर्मशालामा रहेका दुबैको शव मथुरा पठाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban