किन आन्दोलित छन् राहत शिक्षक ?

रातोघर

 २०८० आश्विन ९, मंगलबार  मा प्रकाशित
३५९ पाठक संख्या


काठमाडौँ । 

सरकार र शिक्षक महासंघसहितका अन्य संघसंस्थाबीच शिक्षा विधेयकको विषयमा ५ असोजमा ६ बुँदे सहमति भयो । तर राहत शिक्षकले सडक छोडेका छैनन् । ६ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षकले आन्दोलन जारी राखेका छन् ।

४० हजार राहत शिक्षकको विषय सम्बोधन नभएपछि आन्दोलन जारी राखेको बताउँछन् राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी । २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुनेगरी ऐन बन्नुपर्ने माग राहत शिक्षकहरूको छ । शिक्षा विधेयकमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुल्ला गर्ने थियो ।

६ गते भएको सहमतिमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला गर्ने सहमति भएको छ । तर यसमा राहत शिक्षक सहमत छैनन् । शतप्रशित नै आन्तरिक हुनुपर्ने र शिक्षा सेवा आयोगको परीक्षामा असफल भए आर्थिक सहयोग दिएर बिदा दिनुपर्ने माग राहत शिक्षकको छ ।

‘४० हजार शिक्षकको ७५ प्रतिशतको सट्टा शतप्रतिशत हुनुपर्छ । परीक्षामा असफल भए आर्थिक सहयोग दिएर बिदा गर्नुपर्छ भन्ने माग हो,’ अधिकारी भन्छन् । शिक्षकहरूले ३ असोजदेखि सडक आन्दोलन गरिरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban