आन्दोलनमा जाँदै गरेका शिक्षक चढेको गाडी दुर्घटना, दशजना घाइते

रातोघर

 २०८० आश्विन १२, शुक्रबार  मा प्रकाशित
३३० पाठक संख्या


सिन्धुली ।

काठमान्डौमा चलिरहेको राहत शिक्षक आन्दोलनका लागि जान थालेका शिक्षकहरु चढेको गाडी सुनकोशी गाउँपालिका वडा नं. ३ बोहोरेटारमा दुर्घटना भएको छ । शुक्रबार विहान सिन्धुलीका शिक्षकहरु बोकेको इलेक्ट्रोनिक हायस म.प्र.०४–००१ज००६२ नम्बरको गाडी दुर्घटना हुदाँ १० जना घाईते भएका छन ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको बताईएको छ । दुर्घटनामा परि कमलामाई ६ की निर कुमारी चालिसे, कमलामाई ५ की कमला घिमिरे, तिनपाटन १० का राजन कार्की, कमलामाई नगरपालिका ६ का सरोज थापा, कमलामाई १ का मुकुन्द थापा, भुवन थापा कमलामाई ४ का बविता देवकोटा, वनेपा १० की गार्की बस्नेत, कनपा ६ का विष्णु ढकाल र उनका छोरा निश्चल ढकाल घाईते भएका छन ।

घाईते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको शिक्षक गुणविक्रम कुँवरले बताए । प्रहरीका अनुसार घाईते धेरै जनाको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालका अनुसार गाडी अनियन्त्रित भई सडकको वायाँ साईडको नालीमा खसेको छ । प्रहरीले एकजनाको अवस्था गम्भिर रहेको जनाएको छ । मुकुन्द थापाको अवस्था गम्भिर रहेको डिएसपी दाहालले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban