भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या

रातोघर

 १५ आश्विन २०८०, सोमबार १०:३९  मा प्रकाशित
२४० पाठक संख्या



काठमाण्डाै। 

भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज (सोमबार) बिहान एकै परिवारका ६ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जिल्लाको फतेहपुर गाउँमा जग्गा विवादमा एकै परिवारका ६ जनाको हत्या गरिएको दैनिक जागरणले जनाएको छ । समाचारमा जनाइएअनुसार उक्त परिवारको गाउँकै एक व्यक्तिसँग लामो समयदेखि जग्गा विवाद थियो ।

आज बिहान उनीहरूबिच पुनः विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुई पक्षबिच कुटाकुट भएको थियो । जसमा गोलीसमेत चलेको समाचारमा उल्लेख छ । गोली लागेर एकै परिवारका ६ जनाको ज्यान गएको हो ।एकै परिवारका ६ जनाको हत्या भएपछि गाउँमा सन्नाटा छाएको छ । अहिले बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको समाचारमा उल्लेख छ ।

Write your Comment