

काठमाण्डाै।
दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो ।
आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो । त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् ।आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् ।





Write your Comment