दश लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

रातोघर

 १५ आश्विन २०८०, सोमबार १५:२९  मा प्रकाशित
२९० पाठक संख्या



काठमाडौं । 

रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला

हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठीलाई पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

Write your Comment