अनुमति बिना संचालित शैक्षिक सँस्थामा तालाबन्दि

रातोघर

 २०८० आश्विन १६, मंगलबार  मा प्रकाशित
३३४ पाठक संख्या


काठमाडौँ ।

अनुमति बिना संचालित तीनवटा शैक्षिक सँस्थामा बिरगंज महानगरपालिकाले तालाबन्दी गरेको छ ।तालाबन्दी गर्नेमा न्यू पपुलर इङ्गलिस ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युट र तराई एजुकेसनल कन्सल्टेन्सी प्रा.लि.रहेका छन् ।वीरगंजको वडा नं. ८ मा संचालित दुबै संस्था महानगरमा दर्ता बिना नै संचालन रहेको भेटिएपछि शिलबन्दी गरेको हो ।

महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादबको नेतृत्वमा अनुगमनमा खटेको टोलीले शिलबन्दी गरेको हो ।अनुगमनमा महानगरको शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछाने,नारायण छापागाईँ,महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल,नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोली रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban