सिक्किम बाढीमा १४ जनाको मृत्यु, २२ भारतीय सेनासहित १ सय २ जना अझै बेपत्ता

रातोघर

 १८ आश्विन २०८०, बिहीबार १३:१०  मा प्रकाशित
२६५ पाठक संख्या



काठमाण्डाै ।

भारतको उत्तरपूर्वी राज्य सिक्किममा आएको खतरनाक बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । मंगलबार रातिको बाढीले सिक्किमका दर्जनौँ घर बगाउँदा सयौँ घर डुबानमा परेका छन् । अचानक आएको बाढीले २२ भारतीय सेनासहित १०२ जनालाई बगाएको बताइएको छ ।

उनीहरू बेपत्ता भएको २४ घण्टाभन्दा बढी भइसकेको छ । अझै पनि उद्धार गर्न सकिने आशाले खोजी कार्य जारी राखिएको छ । यद्यपि उनीहरू भेटिएका छैनन् । मंगलबार रातिको बाढीपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुराकानी गर्दै केन्द्र सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

Write your Comment