‘अहिलेसम्म हामीले लिखित परीक्षा मात्रै लिँदै आएका थियौं’ डा. अधिकारीले भने, ‘अब एमबीबीएसपछि इन्टर्नसीपमा ६ महिना बिताएको विद्यार्थीले काउन्सिलले तोकेका २५ वटा सीपको अनिवार्य रुपमा विश्वविद्यालयबाट प्रमाणपत्र लिएपछि मात्रै लाइसेन्स परीक्षाको फारम भर्न पाइन्छ ।’उनका अनुसार ज्ञान र सीप परीक्षणबाट लाइसेन्स परीक्षा गर्दा थप गुणस्तरीय जनशक्ति उत्पादन हुन्छ ।
‘अहिलेसम्म लिखित रुपमा ज्ञानको परीक्षण हुँदै आएको थियो । अबदेखि ज्ञानसँगै सीप आर्जन भयो कि भएन भनेर त्यसलाई परीक्षण गर्न लागेका हौं’ डा. अधिकारी भन्छन्, ‘जसले बिरामीमा यो डाक्टरसँग उपचारका ज्ञान र सिप दुवै रहेछ भन्ने विश्वास हुनेछ ।’
प्रयोगात्मक अभ्यासका ६० ओटा सीप तोकिएको छ । त्यसमध्ये अहिलेका लागि विद्यार्थी २५ वटा सीपबाट प्रश्न सोधिनेछ । उक्त प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएपछि मात्रै लाइसेन्स परीक्षाका लागि योग्य हुनेछन् ।
‘इन्टर्नसिप गर्दा विद्यार्थीले अस्पतालको प्रयोगशालामा सीप सिकेको आधारमा प्रमाणपत्र विश्वविद्यालयले दिन्छ । उक्त सिप परीक्षा उत्तीर्ण गरेपछि मात्रै विद्यार्थीले लाइसेन्सको फाराम भर्न पाउँछ, नत्र पाउँदैन’ रजिष्ट्रार डा.अधिकारीले थपे ।
Write your Comment