पुनम देबी हत्या प्रकरणमा सोधपुछका लागि एक जना प्रहरी नियन्त्रणमा

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार १७:२४  मा प्रकाशित
४१३ पाठक संख्या



वीरगञ्ज ।

वीरगञ्ज छपकैयाँ वडा नम्बर १ मा भएको पुनम देबी हत्या प्रकरणमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । छपकैयाकी मृतक देबी हत्याका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइनसकेकोले नाम गोप्य राखिएको स्रोत बताउँछ । स्रोतका अनुसार प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ ।जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।मृतक पुनम देबीको आज(शुक्रबार) विहान हत्या भएको हो ।

Write your Comment