तुइन चुडिएर कर्णाली नदीमा खस्दा एकजना बेपत्ता

रातोघर

 २०८० आश्विन २१, आईतबार  मा प्रकाशित
३७७ पाठक संख्या


सुर्खेत ।

हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् ।

उनी कर्णाली करिडोरको ग्युसी-छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए ।शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban