रौतहट ।
रौतहटको गुजरा नगरपालिका वाड नं. १ बाट नाबालिका बलत्कारको आरोपमा एकजना गिरफतारमा परेका छन । गत असोज १९ गते राती नाबालिका माथि अनैतिक कार्य गरेको आरोपमा गुजरा नगरपालिका वाड नं. ५ का २० बर्षिय नसिर इमाम गिरफतारमा परेका हुन ।बलत्कारको आरोपमा शनिबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेपछि प्रहरीले तत्तकालै इमामलाइ गिरफतार गरेको थियो ।
आरोपित इमामलाइ आइतबार जबरजस्ती करणी कसुर शिर्षक मुद्दा दर्ता भएको छ । जिल्ला अदालत गौरमा ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पिडित नाबालिकाको स्वास्थ्य परिक्षण चन्द्रनिगाहपुर अस्पतालमा गरिएको थियो ।
Write your Comment