आज अन्तर्राष्ट्रिय बालिका दिवस

रातोघर

 २०८० आश्विन २४, बुधबार  मा प्रकाशित
४०७ पाठक संख्या


काठमाडौं।

अन्तर्राष्ट्रिय बालिका दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको  नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ।

दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ। सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गर्ल्स टेकओभर) मा सहजीकरण  कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तरक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जानकारी दिए।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban