टी–२० विश्वकपमा पुग्न आज यूएईकाे सामना गर्दै नेपाल

रातोघर

 १७ कार्तिक २०८०, शुक्रबार १०:३४  मा प्रकाशित
११७ पाठक संख्या


काठमाडौं ।

आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले आज यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे यो खेल सुरु हुनेछ ।

यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल र यूएई दुवैलाई विश्वकपमा छनोट हुन आजकाे खेल जित्नैपर्ने दबाब छ ।

नेपाल समूह ‘ए’को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा अघि बढ्दै सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन् । नेपाल र यूएईबीच आठवटा टी–२० खेल भएकोमा नेपाल चार खेलमा विजयी भएको छ भने चार खेलमा पराजित भएको छ । अर्को सेमिफाइनल खेलमा आजै ओमान र बहराइन कीर्तिपुर मैदानमा खेल्दैछन् । फाइनल खेल आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।

Write your Comment