भारतीय प्रधानमन्त्री मोदीले भने : नेपालको दुःखमा भारतसँगै छ

रातोघर

 १८ कार्तिक २०८०, शनिबार १०:४३  मा प्रकाशित
१२४ पाठक संख्या


काठमाडौं । 

गए राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्स मार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालको दुःखमा आफू सँगै भएको जनाएका छन् । मोदीले नेपालको दु:खद घडीमा आफू नेपाली जनतासँग सहयोगका लागि ऐक्यबद्धतायतामा उभिएको बताउँदै सम्भव हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् । उनले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

शुक्रवार राति ११ बजेर ४७ बजे जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ भने दर्जनौँ घाइते छन् । भूकम्प प्रभावित क्षेत्रमा स्वयम् प्रधानमन्त्री प्रचण्ड चिकित्सक टोली र राहत सामग्रीसहित पुगेका छन् ।

Write your Comment