दूरसञ्चारले भन्यो-टिकटक चलेको भए खबर गर्नू

रातोघर

 ४ मंसिर २०८०, सोमबार ११:२५  मा प्रकाशित
१५४ पाठक संख्या


 काठमाडौं ।

नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक प्रयोग भएको पाइएमा खबर गर्न सूचना जारी गरेको छ । सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको छ तर, अझै पनि नेपालमा टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न सूचना जारी गरेको हो ।

सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

सूचना [email protected] मा पठाउन सकिनेछ । सूचना दिंदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ ।

Write your Comment