पत्रकार प्रकाश ढकाल कृष्णभिरमा मृत भेटिए

रातोघर

 ४ मंसिर २०८०, सोमबार १६:१०  मा प्रकाशित
३०८ पाठक संख्या


काठमाडौं ।

गत शुक्रबारदेखि सम्पर्कविहीन भएका पत्रकार प्रकाश ढकाल मृत भेटिएका छन् । लालीगुराँस डटकममा कार्यरत ढकालको शव आज धादिङको कृष्णभिरमा फेला परेको छ । पत्रकार कमल सरगमलले पोस्टमार्टमका लागि शव काठमाडौंस्थित शिक्षण अस्पतालमा ल्याउन लागिएको जानकारी दिएका छन् । प्रहरीको सहयोगमा आज उनको खोजी गर्दा शव फेला परेको हो ।

स्याङ्जाको चापाकोटका ढकाल बिहीबार तिहार मनाएर घरबाट काठमाडौंका लागि हिँडेको र शुक्रबारदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको  छ । शवको अवस्था हेर्दा घटना शंकास्पद देखिएको बताइएको छ ।

Write your Comment