माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा श्रीमान् श्रीमतीको मृत्यु

रातोघर

 २०८० मंसिर ५, मंगलबार  मा प्रकाशित
४८६ पाठक संख्या


काठमाडौं ।

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् ।

सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन