

वीरगंज ।
बाराका शिक्षक रुपेश स्वर्णकारको हत्याकाण्डको मुख्य अपराधी पक्राउ नपरेकोमा परिवारजनले चिन्ता र आक्रोश पोखेका छन् ।
रुपेश स्वर्णकारको दिनदहाडै व्यस्त कलैया बजारमा हत्या हुँदा पनि तपाईहरुले प्रहरीलाई असहयोग गर्नुभयो । जाहेरी पनि ढिलो दिनुभयो भनी स्व. रुपेश स्वर्णकारको काकालाई प्रश्न सोधेका थियौ ?
जवाफमा उनले रुपेशको हत्या कार्तिक १३ गते भयो । मंसिर १४ गते जिल्ला प्रशासन कार्यालयमा प्रजिअले रुपेशको चरित्रमाथि औला उठाउँदै सम्पूर्ण बारा बासीको टाउको निहुराउने गरी अभिव्यक्ति दिनु र लगत्तै बारा प्रहरीले पत्रकार सम्मेलन गरी सि.डि.ओ.को भनाईलाई पुष्टि गर्दै पत्रकार सम्मेलन गरेपछि आफ्नो परिवारजन र शुभचिन्तकलाई असन्तुष्टि बढेको वताउनु भयो।
प्रहरीले राधा र रुपेशको अन्तरङ्ग भिडियो क्लिप फरेन्सिकले रिकभर गरेको भन्ने गरेको तर हालसम्म परिवारजनको त कुरा छाडौं हाम्रो शुभचिन्तक समेत कसैलाई नदेखाएको भन्दै यदी मृतक रुपेशको राधासँग कुनै किसिमको सम्बन्ध नै भएतापनि उसको हत्या गर्ने अधिकार त कसैलाई हुँदैन हामीलाई हत्यारा कानूनको दायरामा छिटोभन्दा छिटो आओस भने चाहना रहेको हरिओम सर्राफको भनाई थियो ।
रुपेशको हत्यामा संलग्न, मनोज गुप्ताको नातामा आफ्नो मामाको छोरी राधा गुप्तासँग अबैध सम्बन्ध रहेको र पतिपत्नी भएको भारतीय आधारकार्ड समेत फेला परेको बताइन्छ ।
राधा र मनोजले पटक–पटक आपसमा झगडा गर्ने गरेको र राधाले बोलाउदा रुपेशले आफ्नो स्टाफ रेयाजलाई लिएर जाने गरेको यो कुराले राधा रुपेश बीचको सम्बन्ध स्थापित गरेको देखिन्छ । मनोजले राधासँग अलग रहन पटक–पटक रुपेशसँग झै–झगडा मारपिट समेत गरेको भएतापनि कुनै घटना प्रहरी समक्ष विगतमा दर्ज किन गराइएन ? यो प्रश्नले कतैबाट उतर पाएको देखिँदैन ।
अंकुश दैनिकसँग कुरा गर्दै बाराका एसपी सुरेश काफ्लेले आफ्नो यहाँका कुनै मान्छेसँग वैर भाव नभएको र एउटा व्यवसायिक प्रहरी अधिकृतको हैसियतले सुक्ष्म अनुसन्धानमा जुटेको र नतिजा छिट्टै जनसमक्ष आउने बताउनु भयो ।
प्रहरी हिरासतमा भएकाहरु कुनै न कुनै भूमिकामा रहेको र प्रारम्भिक बयानमा चुकेको भन्दै सयजना दोषी उम्कोस तर एक जना पनि निर्दोष फस्नु नपरोस भन्ने सिद्धान्तमा आफु अडिग रहेको बताए ।
यता चरणवद्ध आन्दोलनमा रहेको एनप्याब्सन र प्याब्सनले आफ्नो घोषित आन्दोलन फिर्ता लिएको छ । नेशनल प्याब्सनका अध्यक्ष प्रभुलाल कुशवाहाले एक हप्ताभित्र अपराधीलाई पक्राउ गर्ने एसपी साहेबले आश्वासन दिनु भएकोले अनुसन्धानमा सघाउन आन्दोलन फिर्ता लिएको बताउनु भयो ।
जिल्ला सुरक्षा समितिको अध्यक्ष समेत रहने बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको गैर जिम्मेवार अभिव्यक्तिले सुरक्षा चुनौती बढाएको र प्रहरी प्रशासनको साख घटाएको छ। यद्यपी उनले विज्ञप्ती निकालेर आफनो गल्ती सुधार्ने प्रयत्न गरेका थिए।





Write your Comment