साना किसान सहकारी मनहर्वाको निःशुल्क शिविरमा १६० जनाको आँखा परिक्षण

पुष्पराज खतिवडा

 २०८० पौष ५, बिहिबार  मा प्रकाशित
६२१ पाठक संख्या


बारा ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजीकरणमा आयोजित निःशुल्क आँखा परिक्षण शिविरमा १६० जनाको आँखा परिक्षण गरिएको छ ।

बुधबार कलैया उपमहानगरपालिका वडा नं.२६ स्थीत नेपाल राष्टिय माद्यमिक विद्यालय महेशपुरमा आँखा परिक्षण शिविरको आयोजना गरिएको थियो ।

प्रस्तावित निजगढ तिलगंगा सामुदायिक आँखा हस्पीटल निजगढ बाराको सहयोगमा सम्पन्न शिविरमा आँखा जाँच गरिएका मध्य ३० जनामा मोतियाबिन्दुको विरामी फेला परेको थियो ।

शिविरमा आँखा अस्पतालका नेत्र सहायक गजेन्द्र कुमार महत्तो, यमुना राई र क्षितीज राईले विरामीका आँखा परिक्षण गर्नु भएको थियो ।

आँखामा मोतियाबिन्दु भएका ती विरामीहरुको आँखा हस्पीटल निजगढले आईतबार निःशुल्क सल्यक्रिया गरिदिने सहकारी संस्थाका अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

विरामीहरुलाई लैजाने र ल्याउने सम्मको काम अस्पतालले नै गर्ने हुँदा विरामीको एकरुपैंया खर्च लाग्दैन, उहाँले भन्नु भयो ।

आँखा अस्पतालसँगको सहकार्यमा सहकारीले बर्षेनी २,३ वटा सम्म शिविर संचालन गर्दै आएको छ ।

आगामी १३ गते संस्थाको २१ औं स्थापना दिवसको अवसरमा जितपुरसिमरा १७ को जैतापुर स्थीत विद्यालयमा बालबालिको निःशुल्क आँखा परिक्षण शिविरको आयोजना गरिएको छ । त्यहाँ निःशुल्क चस्मा सहितको उपचार गर्ने कार्यक्रम रहेको खड्काले बताउनु भयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban