जीतपुरसिमरा नगर माछाब्यवसायी संघद्रारा नगर प्रमुख पौडेललाई ज्ञापन पत्र

रातोघर

 २०८० पौष ९, सोमबार  मा प्रकाशित
५२६ पाठक संख्या


बारा ।

जीतपुरसिमरा नगर माछाब्यवसायी संघले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

माछा ब्यवसायिलब्े बुझाएको ज्ञापन पत्रमा उत्पादित माछाको भण्डारण र बजारीकरण नहुँदा माछा ब्यवसायी उचित मुल्य नपाएर मर्कामा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले ज्ञापन पत्रमा माछापालन तालिम ,माछा प्राबिधिकको ब्यवस्था ,माछा बिक्रि स्थालको निर्माण ,उत्पादित माछाको भण्डारण र प्रशोधनको माग र जीतपुरसिमरा उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध रहेका कारण ब्यवसायीबिच बि.टु.बि. बैठकको सहजीकरण हुनुपर्ने ६ बुँदे मागहरु राखेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा करिब २ सय बिघा जमिनमा माछा खेती हुदैँ आएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban