

वीरगञ्ज ।
घुसको रकम र चेकसहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्वमेयर धर्मेन्द्र पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
उनीसहित उनका सहयोगी अशोक पटेलले पनि सोही मुद्दामा सफाइ पाएका छन्।
विशेष अदालतमा दुबैजना विरुद्ध अख्तियारले दर्ता गराएको भ्रष्टाचार मुद्दाको शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले दुवै जनालाई सफाइ दिएको हो।
धर्मेन्द्र र अशोकलाई २०७८ फागुन १५ गते हेटौंडाबाट गएको अख्तियारको टोलीले दुई लाख ५० हजार नगद र सोही रकम बराबरको चेकसहित नियन्त्रणमा लिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धर्मेन्द्र र अशोक विरुद्ध ०७८ चैत ६ मा भ्रष्टाचारको कसुरमा विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो।
विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट नै मागअनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर धर्मेन्द्र र अशाेक सहयोगी हिरासतमुक्त भएका थिए।





Write your Comment